चौतारी लघुवित्तको लाभांश घोषणा

Sep 06, 2019 12:42 PM Merolagani



चौतारी  लघुवित्त (CHLBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ २० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर र १०.८९ प्रतिशतले हुन आउने २ करोड २ लाख (कर सहित) रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन्।

 

हाल १८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारी लघुवित्तको बोनस वितरणपश्चात पूँजी १९ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रमासमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी  १५ रुपैयाँ १७ पैसा कायम गरेको छ ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्ससँग मर्जरमा जाने सम्झौता गरेको छ ।

कम्पनीले जेठ २२ गते आरम्भ माइक्रोफाइनान्ससँग एक बराबर एक शेयरको अनुपातमा मर्ज हुने सम्झौता गरेको हो ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।