जानकी फाइनान्सको आकर्षक लाभांश प्रस्ताव

Sep 08, 2019 12:08 PM Merolagani



जानकी फाइनान्स कम्पनी (JFL) ले गत आर्थिक वर्षको मुनाफाबाट कूल २३.१६ लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको भदौ २० गते सम्पन्न २८५ औं बैठकले २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

हाल ४९ करोड २१ लाख चुक्ता पूँजी रहेको जानकी फाइनान्सको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित बोनस पश्चात ६० करोड ४ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। 

फाइनान्स सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

जानकी फाइनान्सको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा घटेर ११ करोड ६१ लाखमा सीमिति भएको थियो।  फाइनान्सले मुनाफा घटेपनि लाभांश भने समान वितरण गर्ने भएको हो। 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि फाइनान्सले २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।