लक्ष्मी लघुवित्तको लाभांश प्रस्ताव, बोनस कति ?

Sep 11, 2019 11:00 AM Merolagani



लक्ष्मी लघुवित्त (LLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको भदौ २४ गते मंगलबार अपरान्ह बसेको ११३ औं बैंठकले २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हाे ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशत हुन आउने ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस र कर सहित ११.३२ प्रतिशत अर्थात २ करोड ७३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको लाभांश नेपाल राष्ट्रबाट स्वीकृत भएर वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। हाल २४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित १५ प्रतिशत बोनस वितरण पश्चात पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ । 

 

 

 

 

लघुवित्तले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा व्यवसाय विस्तार बढाउँदा खुद नाफा २६.७८ प्रतिशतले सुधार भई ११ करोड ९ लाख आर्जन गरेको थियो। यस अवधिमा प्रतिशेयर आम्दानी ४५ रुपैयाँ १६ पैसा कायम भएको थियो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्त कम्पनीले शेयरधनीलाई २६.३२ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।