छिमेक लघुवित्तले शेयरधनीहरुलाई प्रस्ताव गर्यो आकर्षक लाभांश

Sep 11, 2019 11:20 AM Merolagani



छिमेक लघुवित्त (CBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ कमाईबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभांश गरी कूल ४४.३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ बाट लघुवित्त कम्पनीले शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

 

 

छिमेक लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ३८.६८ प्रतिशतले खुद नाफा बढाएर ९२ करोड ७ लाख रुपैयाँ कमाएको थियो।

चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ रहेको लघुवित्तको यस अवधिमा निष्कृय कर्जा अनुपात ०.२८ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ ९१ पैसा थियो।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।