एनआईसी एशिया बैंकको २१% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Sep 12, 2019 11:15 AM Merolagani

एनआईसी  एशिया बैंक (NICA) को २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने भदौ २६ गते बिहिबार अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको उक्त लाभांश वितरण र  साधारण प्रयोजनका लागि भदौ २९ गते आइतबारदेखि शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गर्दैछ ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने हुनाले एनआईसी एशिया बैंकको लाभांश पनि बिहीबारसम्म कायम रहने शेयरधनीले मात्रै पाउनेछन्।भदौ २५ गते बुधबार बैंकको शेयर प्रतिकित्ता ४४७ रुपैयाँमा कारोबार भएको छ ।

बैंकले असोज १० गते शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ९ बजे बाईसौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत वर्षको मूनाफाबाट १० प्रतिशत अर्थात ८८ करोड ३४ लाख २२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ११.०५ प्रतिशत अर्थात ९७ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्वायर) गर्ने प्रस्ताव समेत सभामा लैजादैछ ।बैंकले अन्य वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश  गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ छ। प्रस्तावित १० प्रतिशत बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus