नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा

Sep 19, 2019 11:20 AM Merolagani



नेशनल माइक्रोफाइनान्स (NMFBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८० प्रतिशत लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको असोज २ गते बिहीबार सम्पन्न बैठकले ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ बराबरको बोनस पूँजीकरणपश्चात लघुवित्तको २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

 

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश मात्र वितरण गरेको थियो।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।