उन्नति माइक्रोफाइनान्सले पनि घोषणा गर्यो लाभांश

Sep 19, 2019 11:42 AM Merolagani



उन्नति माइक्रोफाईनान्स (UMB) ले पनि गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले कूल ४०.६३ प्रतिशत लाभांश घोषणा गरेको हो।

असोज १ गते बुधबार साँझ बसेको लघुवित्त कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३८.६० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजन् सहित २.०३ प्रतिशत नगद लाभांश गरि कूल ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

हाल ८ करोड ८२ हजार ७५ लाख चुक्ता पूँंजी रहेको कम्पनीको ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

अघिल्लो वर्ष उन्नतिले ४०.५ प्रतिशत बोनस र २.१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।