सानिमा बैंकको लाभांश पाउन आइतबारसम्म शेयरधनी कायम हुन आवश्यक

Sep 29, 2019 09:59 AM Merolagani



सानिमा बैंक (SANIMA) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश पाउन आइतबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ ।

बैंकले आब्हान गरेको पन्ध्रौ वार्षिक साधारण सभाका लागि असोज १३ गते सोमबार १ दिनको लागि बुकक्लोज गर्ने भएकाले असोज १२ गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र बैंकले वितरण गर्ने लाभांश पाउने भएका हुन्। बैंकको शेयर असोज ९ गते बिहीबार प्रतिकित्ता ३४५ रुपैयाँमा कारोबार भएको छ।

लाभांश वितरण गर्न बैंकले असोज २९ गते बुधबार बिहान ११ बजे नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा साधारणसभा बोलाएको छ। साधारण सभामा गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई प्रस्तावित कूल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

बोनस वितरणपश्चात बैंकको पूँजी बृद्धि हुने भएकाले सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँ छ ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरी बैंकले कुनै बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्न तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।