मुक्तिनाथ विकास बैंकको हकप्रद भर्न छुट्नुभयो कि ! बुधबार अन्तिम दिन

Oct 02, 2019 08:58 AM Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) ले भदौ १२ गतेदेखि निष्काशनमा ल्याएको चुक्ता पूँजीको २० प्रतिशत हकप्रदमा आवेदन दिने असोज १५ गते बुधबार अन्तिम दिन रहेको छ ।

बैंकले पूँजी वृद्धिका लागि ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो। 

बैंकको हकप्रदमा बुधबार कार्यालय समयभित्र धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिन्छ। हकप्रद शेयर निष्काशनको प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ।

उक्त हकप्रदमा साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन्। इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ।

गत आर्थिक वर्षमा विकास बैंकहरुमा प्रथम र केही वाणिज्य बैंकभन्दा धेरै खुद मुनाफा आर्जन गरेको यस विकास बैंकले व्यवसायलाई तीब्रता दिँदै बलियो विकास बैंकको रुपमा स्थापित हुन हकप्रद जारी गर्न लागेको हो।

हाल ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात विकास बैंकहरुमा सबैभन्दा धेरै ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ३६.९८ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ३२ लाख १ हजार खुद नाफा आर्जन गरेको छ । मुक्तिनाथको वितरण योग्य नाफा ५८ करोड ६९ लाख ९२ हजार रुपैयाँ छ । १४६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको मुक्तिनाथको प्रति शेयर आम्दानी २७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३ गुणा छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।