मिथिला लघुवित्तले बढाएर घोषणा गर्यो लाभांश

Oct 14, 2019 02:56 PM Merolagani

मिथिला लघुवित्त (MLBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको असोज २६ गते सम्पन्न १८५ औं बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले १०.४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरि कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो। लघुवित्तले अघिल्लो आवको तुलनामा गत आवमा साढे ४ प्रतिशत धेर्रै बोनस बढाएको हो।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

लघुवित्त कम्पनीले गत आवमा एक करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा कायम गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ रहेको छ । प्रस्तावित एक करोड ५८ लाख ७९ हजार २४० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।