मल्टीपर्पस फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन

Oct 24, 2019 12:10 PM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले बिक्रीमा ल्याएको २५ लाख कित्ता लिलामी शेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन रहेको छ। मल्टीपर्पसले असोज ३० गतेदेखि लिलामी बिक्रीमा ल्याएको उक्त शेयर बिहीबार कार्यालय समयपश्चात बिक्री बन्द गर्न लागेको हो। 

फाइनान्सले बिक्रीमा ल्याएको ८६५ प्रतिशत हकप्रदमा संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता गरी कुल २४ लाख ८७ हजार २७८ कित्ता शेयर अवितरित भएपछि लिलामीमा ल्याइएको हो।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समुहको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि माग गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

लिलामी शेयरमा सिभिल क्यापिटल मार्केट सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, बिरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, तथा घाराहीबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिनेछ।

साथै सेञ्चुरी बैंकको शाखा कार्यालयहरु बाग्लुङ तथा महेन्द्रनगरबाट पनि आवेदन बुझाउन सकिने छ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।