मल्टीपर्पस फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन

Oct 24, 2019 12:10 PM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले बिक्रीमा ल्याएको २५ लाख कित्ता लिलामी शेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन रहेको छ। मल्टीपर्पसले असोज ३० गतेदेखि लिलामी बिक्रीमा ल्याएको उक्त शेयर बिहीबार कार्यालय समयपश्चात बिक्री बन्द गर्न लागेको हो। 

फाइनान्सले बिक्रीमा ल्याएको ८६५ प्रतिशत हकप्रदमा संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता गरी कुल २४ लाख ८७ हजार २७८ कित्ता शेयर अवितरित भएपछि लिलामीमा ल्याइएको हो।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समुहको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि माग गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

लिलामी शेयरमा सिभिल क्यापिटल मार्केट सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, बिरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, तथा घाराहीबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिनेछ।

साथै सेञ्चुरी बैंकको शाखा कार्यालयहरु बाग्लुङ तथा महेन्द्रनगरबाट पनि आवेदन बुझाउन सकिने छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।