नबिल बैंकले गर्यो लाभांश घोषणा

Nov 03, 2019 04:09 PM Merolagani



नबिल बैंक (NABIL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १७ गते सम्पन्न ५२२ औं बैठकले प्रतिशत १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल ९ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत नै लाभांश वितरण गरेको थियो।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो भने ३ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।