सूर्या लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता लिलामीमा, कति गर्ने बोलकबोल?

Nov 10, 2019 10:52 AM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले कार्तिक २४ देखि ३ लाख ९ हजार ३०२ कित्ता शेयर लिलामीमा बिक्रीमा ल्याएको छ। इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते सम्म बिक्री गरेको चुक्ता पूँजीको ७० प्रतिशत हकप्रदमा अवितरित उक्त शेयर बोलकबोल मार्फत बिक्री खुला गरेको हो।

कम्पनीले हकप्रदमा बिक्री नभएको २ लाख ८१ हजार ९१२.८ कित्ता साधारण र २७ हजार ३८९ दशमलव २ कित्ता संस्थापक तर्फको शेयर लिलामीमा बिक्री गर्न लागेको हो।

कम्पनीको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। त्यसअनुसार न्युनतम मूल्य मूल्य वा सो भन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्नेछ। आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक तर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारण तर्फ अधिकतम ५० हजार कित्तासम्मको लागि मात्रै आवेदन गर्न सकिनेछ ।

बोलपत्र पेश गर्न इच्छुकले कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल र सुर्या लाइफको वीरगंज, नेपालगंज, बुटवल, पोखरा, धनगढी, महेनद्रनगर र इटहरी शाखामा मंसिर १ गते सम्ममा आबेदन दिन सकिनेछ ।

बोलपत्र पेश गर्दा पछिल्लो समय कम्पनीको कारोबार मूल्यलाई आधार मानेर गर्दामात्र लिलामीको शेयर प्राप्त हुनसक्छ। बढी मूल्य कबुल गर्नेले मात्र शेयर पाउने र दोस्रो बजारमा भन्दा सस्तो प्राप्त गर्न सकेको खण्डमा मात्र फाइदा हुने भएकाले कारोबार मूल्यले लिलामी आवेदनमा प्रमुख स्थान ओगट्ने गर्दछ। कार्तिक २१ गते बिहीबार कम्पनीको शेयर प्रति कित्ता २५६ रुपैयाँमा कारोबार भएको छ।

 

यसअघि इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते सम्म दलश बराबर ७ कित्ता अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। सो हकप्रदमा अवितरित शेयर लिलामी मार्फत बिक्री खुला गरिएको हो।

यसअघि लिलामी सकाएको ग्लोबल आईएमई लघुवित्तको लिलामी शेयरमा बोलकबोल गर्ने अन्तिम दिन कायम भएको मूल्य ९ प्रतिशत तल अर्थात ६४१ रुपैयाँ कटअफ कायम भएको थियो। लघुवित्तको शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन कात्तिक ५ गते ७०५ रुपैयाँमा कारोबार बन्द भएको थियो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।