सपोर्टले शेयरधनीलाई १० प्रतिशत बोनस वितरण गर्ने

Nov 10, 2019 11:13 AM Merolagani



सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (SMB) ले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरिपछि शेयरधनीलाई वितरण हुनेछ।

 

आईपिओ निष्कासनपश्चात लघुवित्तले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड ६० लाख पुग्नेछ । लघुवित्तले गत आर्थिक वर्षमा ५४ करोड ४९ लाख खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८ पैसा रहेको छ ।

गत बिहीबार कात्तिक २१ गते दोस्रो बजारमा लघुवित्तको शेयर प्रति कित्ता ४०४ रुपैयाँमा कारोबार भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।