एनएमबि बैंकले प्रस्ताव गर्यो आकर्षक लाभांश

Nov 11, 2019 09:00 AM Tirtha Raj Poudyal



एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक २४ गते सम्पन्न बैठकले शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।हालसम्म १८ वाणिज्य बैंकको लाभांश घोषणा भएकोमा बैंकको लाभांश सबैभन्दा धेरै हो। यसअघि नबिल बैंकले ३४ प्रतिशत लाभांश घोषणा गरेको थियो।

एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ । २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ चुक्ता पूँजी रुपैयाँ पुग्नेछ।

गत आर्थिक वर्षमा एनएमबि बैंकले दुई अर्ब ३१ करोड र ओम डेभलमेन्ट बैंकले ५९ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। यस अवधिमा एनएमबिको वितरणयोग्य मुनाफा एक अर्ब २७ करोड ४७ लाख ९३ हजार र ओमको ४५ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा एनएमबि बैंकले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो।

असोज ११ गतेदेखि ओम डेभलमेन्ट बैंकलाई प्राप्ती गरि एकीकृत कारोबार थालेको बैंकको कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा कारोबार सुरु भएको थियो। त्यसयता बैंकको सर्वाधिक कारोबार हुँदै आएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।