सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा १३५% बढ्यो, खराब कर्जामा उच्च बढोत्तरी

Nov 17, 2019 05:42 PM Merolagani



सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा १३५.०६ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ८७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ। 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार हुँदा उसको नाफा बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष सो आम्दानी बढाएर ५ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ।

समिक्षा अवधिमा बैंकले २ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

हाल ७८ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा १० करोड ७ लाख रुपैयाँ राखेको छ।

बैंकको निष्कृय कर्जा भने ह्वातै बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १.४८ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा बढेर ३.३३ प्रतिशत पुगेको हो।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ४ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात २७.७७ गुणा छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।