सगरमाथा इन्स्योरेन्सको खुद नाफा ३६% बढ्यो, अन्य सूचक कस्तो छ ?

Nov 17, 2019 05:20 PM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.८२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो।

कम्पनीले यस अवधिमा खुद बीमा शुल्क एक करोड ३६ लाख रुपैयाँले बढाएर ३२ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ३१ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। 

कम्पनी पुनर्बीमा कमिशन आयबाट ८ करोड १७ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल एक अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ३३ लाख रुपैयाँ, बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ८ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले यस अवधिमा ४३ हजार ९१६ नयाँ बीमालेख जारी गरी ६७ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको १० हजार ३४० बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले १ हजार ५७९ वाटा दाबी वापत २३ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार १९० दाबी वापत १० करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ १७ पैसा र मुल्य आम्दानी अनुपात ९५.७२ गुणा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।