सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा र बीमा शुल्क दुबैमा सुधार

Nov 18, 2019 02:55 PM Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १२ लाख ९० हजार रुपैयाँले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा २७ करोड ६८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४ करोड २८ लाख रुपैयाँले बढी हो। गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १० करोड ५४ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ, बीमा कोषमा ६८ करोड ८५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ५ लाख रुपैयाँ सञ्चित छ।

हालसम्म ३८ हजार ५७७ वटा बीमालेख जारी गरी ५६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको ६ हजार ६५० वटा बीमालेख नवीकरण भएका छन्।
कम्पनीले कूल १ हजार ६९० दाबी वापत २६ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १९२ दाबी वापत परेको ७० करोड २८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ११ पैसा, र मूल्य आम्दानी अनुपात १९.८१ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।