प्राइम बैंकको लाभांश घोषणा

Nov 25, 2019 10:56 AM Merolagani

प्राइम कमर्शियल बैंक (PCBL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट  लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको मंसिर ९ गते बिहान ९ः३० बजे बसेको ३८४ औं बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँको १६ प्रतिशत अर्थात् एक अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन्।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ। 

बैंकले अघिल्लो आर्थिक वर्षमा पनि चुक्ता पूँजीको १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरण गरेको थियो । 

बैंकले कन्काई विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरेर भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबारको थालेको थियो। बैंक अझै कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई आफुमा गाभ्ने अभियानमा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।