कैलाश विकास बैंकको लाभांश प्रस्ताव

Nov 25, 2019 08:03 PM Merolagani

प्राइम कर्मशियल बैंकसंग मर्जर प्रकृयामा रहेको कैलाश विकास बैंक (KBBL) ले गत आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १८.७७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर ९ गते सोमबार बसेको बैठकले चुक्ता पूँजीको १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद लाभांश प्रस्ताव गरको हो।

बैंकले चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने ४० करोड ३३ लाख रुपैयाँ बराबरको बोनस शेयर र २.७७ प्रतिशतले हुन आउने ६ करोड ९८ लाख रुपैयाँ (करसहित) बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई  बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष बैंकले १७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।