पोखरा फाइनान्सले बढाएर प्रस्ताव गर्यो लाभांश

Nov 29, 2019 10:23 AM Merolagani



पोखरा फाइनान्स (PFL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १४.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। फाइनान्सको मंसिर १३ गते बिहीबार बिहान बसेको संचालक समितिको ४७१ औं बैठकले लाभांश प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा फाइनान्सले ५ प्रतिशत बोनस शेयर र ८.६८ प्रतिशत नगद गरि कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।

फाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८५ करोड ७२ लाख रुपैयाँको ७ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको बोनस र ७.२० प्रतिशत अर्थात ६ करोड १७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। बोनस वितरण पनि फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख २८ करोड रुपैयाँ पुग्नेछ । 

गत आवको चौथौं त्रैमाससम्ममा फाइनान्सले १० करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।