डिप्रोक्स लघुवित्तले बढाएर घोषणा गर्यो आकर्षक लाभांश, कति छ बोनस ?

Dec 11, 2019 12:36 PM Merolagani



डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आवको तुलनामा २५ प्रतिशत बढाएर ४५ प्रतिशतको  आकर्षक लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको मंसिर २५ गते सम्पन्न २५९ औं बैठकले ३० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश घोषणा गरेको हो।लघुवित्तले बोनस र नगद गरि कूल ३४ करोड ८० लाख ३४ हजार ६९८ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो।

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नाफा ८०.४९ प्रतिशतले बढाएर ४३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। मुनाफा बढेसँगै लघुवित्तले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश पनि बढाएको हो। 

लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

 

हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पश्चात एक अर्ब  ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ । यस्तै कम्पनीले नगद लाभांश वापत ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँ नगद लाभांश समेत वितरण गर्नेछ। 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।