एनसीसी बैंकले गत आवबाट कति बाँड्ने भयो लाभांश ?

Dec 23, 2019 10:01 AM Merolagani



नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये २ वाणिज्य बैंकले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहँदा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पनि लाभांश प्रस्ताव गरेको छ। अन्य २५ बैंकहरुले यसअघि नै लाभांश घोषणा गरिसकेका छन्। 

लाभांश घोषणा गरेका मध्ये केही बैंकहरुले लाभांश पारित गर्न साधारण सभाको मिति तय गरिसकेका छन् भने केहीले साधारण सभाबाट पारित गरीसकेका छन्। लाभांश घोषणा गर्न अब सेञ्चुरी बैंक मात्र बाँकी छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले गत आर्थिक वर्षको मुनाफाबाट १५.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले आव २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १५.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा बैंकले एक अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने वितरण योग्य मुनाफा १ अर्ब २० करोड रहेको  थियो। सो अवधिसम्ममा बैंकको शेयरधनी कोषमा बाँड्न मिल्ने रकम एक अर्ब ७३ करोड २७ लाख ७७ हजार सञ्चित रहेको थियो।

गत असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा कायम रहेको थियो।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।