विद्युत बिक्री आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्दा सिनर्जीको खुद नाफा बढ्यो

Jan 21, 2020 11:06 AM Merolagani

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ६८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.७७ प्रतिशत बढी हो। गत आवको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ७३ लाख मात्र खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्रीबाट आम्दानी बढेसँगै सञ्चालन खर्च तथा अन्य खर्च नियन्त्रण गरेपछि कम्पनीको नाफामा सुधार भएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ करोड १८ लाख २१ हजार रुपैयाँ बढेर १३ करोड ५४ लाख ४१ हजार पुगेको छ। कम्पनीको सञ्चालन तथा अन्य खर्चहरु भने ७८ लाख ३२ हजार घटेर ६ करोड ६८ लाख ११ हजारमा सीमित भएको छ।

कम्पनीको चुक्ता पूँजी ७० करोड रहेको छ भने जगेडा कोष ६४ लाख ३९ हजार ऋणात्मक रहेको छ। कम्पनीको वार्षिकिकरण नगरिएको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा रहेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।