सोल्टी होटलको नाफामा गिरावट

Feb 09, 2020 09:34 AM Merolagani

सोल्टी होटल (SHL) ले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा होटलको खुद नाफा ३ करोड ५७ लाख रुपैयाँ अर्थात् २३.५६ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म होटलले १५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

होटलको सञ्चालन मुनाफा र आम्दानीमा आएको गिरावटसँगै खुद नाफा घटेको हो।

होटलले यस अवधिमा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ८२ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ५ करोड ९३ लाख रुपैयाँ अर्थात् ६.७४ प्रतिशत थोरै हो। गत वर्षको यसै अवधिमा होटलले व्यापार व्यवसायबाट ८८ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा होटलले १४ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। यो मुनाफा गत आवको यसै अवधिको तुलनामा २३.५४ प्रतिशतले घटेको हो। गत आवको यसै अवधिमा होटलको सञ्चालन मुनाफा १९ करोड २८ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा होटलले चुक्ता पूँजी १० प्रतिशतले बढाएर ६६ करोड ६० लाख रुपैयाँबाट ७३ करोड २६ लाख रुपैयाँ पुर्‍याएको छ। यसैगरी होटलले जगेडा कोषमा ९.५० प्रतिशतले सुधार गर्दै एक अर्ब एक करोड १२ लाख रुपैयाँ सञ्चित गरेको छ।

वित्तीय विवरण अनुसार होटलको प्रतिशेयर आम्दानी एक रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३ रुपैयाँ ८० पैसा छ। होटलको वार्षिक प्रतिशेयर आम्दानी भने ३ रुपैया १६ पैसा हुन आउँछ।

अन्य कम्पनीको प्रतिकित्ता शेयरमूल्य एकसय रुपैयाँ रहेपनि सोल्टीले प्रतिकित्ता दश रुपैयाँ अंकित दरमा शेयर जारी गरेको थियो। यस आधारमा कम्पनीको दश रुपैयाँ अंकित शेयरले एक रुपैयाँ ५८ पैसा आर्जन गरेको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।