प्रतिस्पर्धा बढेसँगै ओरियण्टल होटल्सको नाफा २४.३२ प्रतिशतले खुम्चियो

Feb 11, 2020 11:19 AM Merolagani

ओरियण्टल होटल्स (OHL) को आम्दानी खुम्चिँदा खुद नाफा पनि घटेको छ। तारे होटलमा बस्ने पर्यटकको आगमनमा उल्लेखनीय ह्रास आउनु र नयाँ होटलहरु खोल्ने क्रम भई तीव्र प्रतिस्पर्धा बढेसँगै नाफा घटेको होटलले जनाएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा होटल्सको नाफा २४.३२ प्रतिशत अर्थात ३ करोड २५ लाख रुपैयाँले घटेको छ। गत आर्थिक वर्षको यही अवधिमा १३ करोड ३९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको होटलले यस अवधिमा १० करोड १४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ।

लाजिम्पाट काठमाडौंमा र्‍याडिसन होटल सञ्चालन गरिरहेको यस कम्पनीले चालु आर्थिक वषको पुस मसान्तसम्म व्यवसाय तथा सेवाको बिक्री मार्फत ५० करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिमा तुलनामा ६ करोड १३ लाख रुपैयाँले घटेको हो। गत वर्षको पुस मसान्तसम्ममा होटलले ५६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा होटलले १५ करोड ५५ लाख रुपैयाँ सञ्चालनबाट नाफा कमाएको छ। गत वर्ष होटलले २० करोड १९ लाख रुपैयाँ सञ्चालन नाफा मार्फत आर्जन गरेको थियो।

चुक्ता पूँजी एक अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको होटलको जगेडा कोषमा एक अर्ब १० करोड ३८ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९८ पैसा र वार्षिक मूल्य आम्दानी अनुपात २५.२५ गुणा रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ६६ पैसा रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।