यसकारण घट्यो तारागाउँ रिजेन्सी होटल्सको नाफा

Feb 12, 2020 02:28 PM Merolagani

तारागाउँ रिजेन्सी होटल्स (TRH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा १३ प्रतिशत घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा १७ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो कर्मचारी बोनस र कर अघिको नाफा हो।

होटलको खुद नाफा घट्नुमा पर्यटन आगमनमा भएको कमी र श्रमिकद्वारा गरिएको हड्ताल नै प्रमुख कारण रहेको होटलले जनाएको छ। त्यस्तै, पाँचतारे होटलहरुको संख्यामा भएको वृद्धि र अस्वस्थ प्रतिस्पर्धाका कारण पनि होटलको नाफामा नकारात्मक असर परेको छ।

यस अवधिमा होटलले ५९ करोड ८९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा ६९ करोड २१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा यस अवधिमा होटलको आम्दानी १० करोड रुपैयाँ घटेको हो।

हाल १ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको होटलले जगेडा कोषमा ७१ करोड ३७ लाख रुपैयाँ राखेको छ। गत वर्षको यसै अवधिमा उसको जगेडा कोषमा ६३ करोड ५० लाख रुपैयाँ सञ्चित थियो।

दोस्रो त्रैमाससम्ममा होटलको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात १४.३८ गुण रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।