एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

Feb 10, 2020 09:09 AM Merolagani

एनएमबि बैंक (NMB) ले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। यस सम्बन्धमा दुबै बैंकबीच माघ २६ गते आइतबार सम्झौता भएको हो।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिने र जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने बैंकले उद्देश्य लिएको छ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो। यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन्।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ। यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदन गर्न सक्षम हुने बैंकले विश्वास लिइएको छ।

एनएमबि बैंक विगत २५ बर्ष देखि बैंकिङ्ग कारोबार गरिरहेको संस्था हो भने कञ्चनपुर जिल्ला, महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक विगत १० बर्ष देखि बैंकिङ्ग कारोबार गर्दै आइरहेको संस्था हो।

त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूरपश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको “ख” वर्गको बैंक हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।