असार ३० गतेदेखि एकिकृत कारोबार शुरु गर्दै नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त

Jul 09, 2021 08:42 AM Merolagani



नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी असार ३० गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ।

प्राप्ति पश्चात यी दुई लघुवित्तले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

गत जेठ २५ गते छुट्टाछुट्टै बसेको यी दुई लघुवित्तको साधारण सभाले नेशनलले महिला सहयात्रा (MSMBS) लाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो। एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृत प्रदान गरेको थियो।

एक्विजिशन पश्चात कम्पनीको रजिष्टर्ड केन्द्रिय कार्यालय नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङ्ग जिल्ला, निलकण्ठ नगरपालिका वडा नं. ३, पुछारबजारमा रहनेछ।

एकिकृत कारोबार गर्दा दुबै कम्पनीको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले असार २९ गते मंगलबार महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द हुने कम्पनीले बताएको छ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।