प्रभु इन्स्योरेन्सको खुद नाफा ६ करोड नजिक

Feb 12, 2020 12:48 PM Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ४४ लाख ६७ हजार रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सले २१ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ लाख ५५ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले २० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चुक्ता पूँजी एक अर्ब ५० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १९ करोड २२ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ८ करोड ६ लाख, लगानी कर्जा तथा अन्य आयबाट १ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ३७ हजार ६५७ बीमालेख जारी गरी ८३ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको ९ हजार ३६४ बीमालेखहरु नविकरण भएका छन्।

कम्पनीले कुल ४ हजार ३२२ दाबी बापत १८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८०९ दाबी बापत १४ करोड ६७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैंया ७३ पैसा, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.५६ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।