सिटिजन्सले डाक्यो विशेष साधारण सभा, सहयोगीलाई प्राप्ती गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिदै

Mar 05, 2020 10:24 AM Merolagani



सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिन सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले विशेष साधारण सभा डाकेको छ।

बैंकले चैत १० गते अमृतभोग, कालिकास्थानमा दिउँसो १ बजे विशेष सधारण सभा डाकेको हो। सभामा सहयोगी विकास बैंकलाई १ बराबर ०.९१७५ कित्ता शेयर दिने गरी प्राप्ती गर्ने तथा सो सम्बन्धी सम्पूर्ण कार्यगरी प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। साधारण सभा दिउँसो १ बजे शुरु हुने भएपनि उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका बिहान ११ बजेदेखि खुल्ला हुने बैंकले जनाएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।