सिटिजन्सले डाक्यो विशेष साधारण सभा, सहयोगीलाई प्राप्ती गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिदै

Mar 05, 2020 10:24 AM Merolagani



सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिन सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले विशेष साधारण सभा डाकेको छ।

बैंकले चैत १० गते अमृतभोग, कालिकास्थानमा दिउँसो १ बजे विशेष सधारण सभा डाकेको हो। सभामा सहयोगी विकास बैंकलाई १ बराबर ०.९१७५ कित्ता शेयर दिने गरी प्राप्ती गर्ने तथा सो सम्बन्धी सम्पूर्ण कार्यगरी प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। साधारण सभा दिउँसो १ बजे शुरु हुने भएपनि उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका बिहान ११ बजेदेखि खुल्ला हुने बैंकले जनाएको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।