सुनको मूल्य एक हजार पाँच सय रुपैयाँ घट्यो

Mar 19, 2020 11:56 AM Merolagani



सुनको मूल्य चैत ६ गते बिहीबार तोलामा एक हजार ५०० रुपैयाँले घटेर प्रतितोला ७५ हजार रुपैयाँमा झरेको छ। 

अघिल्लो दिन एक हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार फेरी तोलामै १ हजार ५०० रुपैयाँको गिरावट आएको हो। यस दिन छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ समेत घटेको छ। यस दिन चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर ७८० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।