सिटिजन्स बैंकले डाक्यो अनलाइन विशेष साधारण सभा, सहयोगीलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्दै

Jun 02, 2020 10:52 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले फेरी जेठ २७ गते पाँचौं विशेष साधारण सभा आह्वान गरेको छ। विशेष साधारणसभा बैंकको प्रधान कार्यालय नाराणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजेदेखि वेविनारमार्फत गरिनेछ। 

बैंकले यसअघि गत चैत १० गते आह्वान गरेको विशेष साधारणसभा कोरोना भाइरसका कारण सरकारले एकै ठाँउमा २५ जनाभन्दा धेरै भेला हुन बन्देज लगाएपछि स्थगित भएको थियो।

सभामा सहयोगी विकास बैंकलाई १०० बराबर ९१.७५ कित्ता शेयर दिने गरी प्राप्ती गर्ने तथा सो सम्बन्धी सम्पूर्ण कार्यगरी प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सहयोगीलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते बुकक्लोज गरेकाले चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।