दैनिक औषत कारोबार रकम बढ्यो

Aug 02, 2020 07:43 AM Merolagani



गत साता नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ३.५५ अंक घटेर बन्द भएको थियो। नेप्से परिसूचक घटेपनि गत साता कारोबार रकममा भने सुधार भएको थियो। अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम ५.६० प्रतिशत बढेको थियो।

दोस्रो बजारमा गत साता दैनिक औषत कारोबार रकम बढेको छ। अघिल्लो साता दैनिक औषतमा १ अर्ब ५१ करोड रुपैयाँ कारोबार भएको बजारमा गत साता दैनिक औषतमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, पछिल्लो २० दिनको औषत कारोबार रकम पनि बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ तर, त्यो त्यति प्रभावकारी देखिँदैन।

एक हजार ४३९.०६ विन्दुमा बन्द भएको बजार यस साता उकालो लागेमा एक हजार ५०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। नेप्से अझ ओरालो लागेमा भने एक हजार ३७५ विन्दुमा टेवा पाउने सम्भावना रहेको छ।

‘फियर एण्ड ग्रीड’ मिटरमा नेप्से अहिले ‘ग्रीड’ जोनमा रहेको छ। गत साता पनि नेप्से यसै जोनमा रहेको थियो। यसले लगानीकर्ताहरुको मनबाट डर हराइरहेको र बजार बढ्ने अपेक्षामा रहेको संकेत गर्दछ।

नेप्सेको आरएसआई गत साताको अन्तिम कारोबार दिन ५७.६२ स्केलमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

जीवन बीमा उपसमूह

गत साता अंकको आधार सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक बढेको थियो। यस उपसमूहको परिसूचक गत साता ६४.१९ अंक बढेर ८ हजार ६१६.६३ विन्दुमा पुगेको थियो।

यस साता यस उपसमूहको परिसूचक उकालो लागे ९ हजार विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा ८ हजार २०० विन्दुमा टेवा पाउने देखिन्छ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।