नयाँ उचाइ कायम गरिरहेको बजारमा बाइङ्ग मोमेन्टम अझै बलियो, यस साता के होला?

Jan 24, 2021 07:57 AM Merolagani



पछिल्लो समय नेप्से परिसूचकले दैनिक जसो नयाँ नयाँ उचाइ कायम गरिरहेको छ। बजारले दैनिकजसो नयाँ अलटाइम हाइ बनाइराख्दा पनि बाइङ्ग मोमेन्टम भने कमजोर देखिएको छैन।

गत साता नेप्से ८८.१० प्रतिशत अर्थात ३.८५ प्रतिशत बढेर २३७४.६४ विन्दुमा बन्द भयो। सो साता नेप्से प्रमुख गतिशील प्रतिरोधभन्दा माथि बन्द हुन सफल भएको छ।

गत साताको कारोबार हेर्दा यस साता नेप्से उकालो लागेमा २४८० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा २२४० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्द गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम झन बलियो हुँदै गएको संकेत गर्दछ।

साप्ताहिक मैनबत्ती हेर्ने हो भने गत साता नेप्सेले हरियो मारुबोजु बनाएको छ। यो बजारको लागि सकारात्मक संकेत हो।

नेप्से बढेसँगै गत साता भोल्यूममा पनि सुधार भएको छ। गत साता दैनिक औषतमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम ५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। यो साप्ताहिक औषत भोल्यूमको तुलनामा २१.७८ प्रतिशत बढी हो।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अहिले १०० स्केल अर्थात एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यसले आगामी दिनमा कुनै पनि बेला करेक्सन आउन सक्ने भएकोले अति विचार गरेर शेयर खरिद गर्नुपर्ने संकेत गर्दछ।

हाइड्रोपावर उपसमूह

गत साता हाइड्रोपावर उपसमूहको परिसूचक ९५.०३ अंक अर्थात ५.३३ प्रतिशत बढेर १८७८.३६ विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता हाइड्रोपावर उपसमूहको परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १७०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने र २० दिने इएमए बीचको दूरी पछिल्लो समय बढ्दै गएको छ। जसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको थप निर्णय गर्नु अघि आफैले अध्ययन तथा विश्लेषण गर्न आवश्यक छ।)

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।