नयाँ अलटाइम हाइ बनाएको नेप्सेमा यस साता के होला?

Feb 21, 2021 08:03 AM Merolagani



गत साता नेप्से, नयाँ अलटाइम हाइ बनाउन सफल भएको थियो। गत साताका अन्तिम कारोबार दिनहरुमा नेप्सेले दैनिक नयाँ उचाइ कायम गर्न लागेको हो।

नेप्सेले दैनिक नयाँ उचाइ कायम गर्दा लगानीकर्ताहरु पनि उत्साहित छन्। यद्यपि, साताको अन्तिम कारोबार दिन नेप्सेमा डोजी मैनबत्ती बनेको छ। यसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। समग्र सातामा भने नेप्सेले गत साता बुलिश मारुबोजु मैनबत्ती बनाएको छ।

गत साताको अन्तिम कारोबार दिन नेप्से २६३६.६८ विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता नेप्से उकालो लागेमा २७२० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने नेप्सेले २५२० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम अझै बलियो नै रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि सन्तोषजनक रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ८ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यससँगै नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ०.५८ प्रतिशत बढी हो।

फियर एण्ड ग्रीड मिटरमा साताको अन्तिम कारोबार दिन नेप्से १०० स्केल अर्थात एक्स्ट्रीम ग्रीड जोनमा पुगेको छ।

बैंकिङ्ग उपसमूह

पछिल्लो समय बैंकिङ्ग उपसमूहले पनि दैनिक नयाँ अलटाइम हाइ रेकर्ड बनाइरहेको छ। साताको अन्तिम कारोबार दिन यस उपसमूहको परिसूचक १९३६.६७ विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता बैंकिङ्ग उपसमूहको परिसूचक उकालो लागेमा २०४० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा यस उपसमूहको परिसूचकले १८४० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको जस्तै यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दै गएको छ। यसले बजार बैंकिङ्ग उपसमूहमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।