खरिदचाप कमजोर हुँदै, बिक्रीकर्ता हाबी हुनसक्ने

Oct 18, 2020 08:15 AM Merolagani



गत साता नेपाली धितोपत्र बजारमा खरिदचाप कमजोर हुँदै गएको देखिएको छ। पहिलो त्रैमासको अन्त्य र नजिकिँदै गरेको चाडपर्वका कारण खरिदचाप कमजोर हुँदै गएको हो।

गत साता नेप्सेको ५ दिने र २० दिने इएमएबीचको दूरी साँघुरिँदै गएको छ। यसले पनि बजारमा खरिदचाप कमजोर हुँदै गएको र आगामी दिनमा बिक्रीचाप बढ्ने संकेत गर्दछ।

गत साता नेप्से परिसूचक ०.५५ प्रतिशत अर्थात ८.५८ विन्दु घटेर १५६२.४६ विन्दुमा ओर्लियो। यस अनुसार यस साता नेप्से ओरालो लागेमा १५२० विन्दु वरिपरि टेवा पाउने देखिन्छ भने उकालो लागेमा १६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साताको अन्तिम दुई कारोबार दिन निरन्तर बियरिश प्याटर्न बनाएको छ। यसले आगामी केही दिनहरुमा खरिदकर्ताहरुलाई बिक्रीकर्ताहरुलाई जित्न सक्ने संकेत गर्दछ।

 

नेप्सेसँगै गत साता भोल्यूममा पनि कमी आएको छ। अघिल्लो साताको तुलनामा गत साता नेप्सेको भोल्यूम २३.१७ प्रतिशत घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको पछिल्लो २० दिनको औषत भोल्यूम २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।

 

फियर एण्ड ग्रीड मिटरमा नेप्से अझै ग्रीड जोनमा नै रहेको छ। यसले लगानीकर्ताहरु शेयर बजार अझै बढ्ने अपेक्षामा शेयर खरिद गरिरहेको संकेत गर्दछ।

 

विकास बैंक

गत साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १०९.६८ अंक अर्थात ५.६३ प्रतिशत बढेको छ। अघिल्लो साता १९४६.८९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २०५६.५७ विन्दुमा पुगेको छ। यस अनुसार आगामी दिनमा यस उपसमूहको परिसूचक ओरालो लागेमा २००० विन्दुमा टेवा पाउने देखिन्छ भने उकालो लागेमा २१६० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

 

(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा)




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।