साढे १८ अंक बढेको बजारमा खरिदचाप कायमै, यस साता के होला?

Oct 11, 2020 08:05 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १८ अंक बढेर बन्द भयो। अघिल्लो साता १५७१.०४ विन्दुमा रहेको नेप्से गत साता १५८९.६३ विन्दुमा बन्द भएको थियो।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी अघिल्लो साताको जत्तिकै देखिएको छ। यसलाई हेर्दा बजारमा गत साता खरिदचाप अझै बलियो रहेको संकेत गर्दछ। यद्यपि, प्राविधिक विश्लेषणको अर्को उपकरणमा गत साताको अन्तिम कारोबार दिनहरुमा खरिदचाप केही कमजोर देखिएको छ।

त्यसैगरी, गत साताको अन्तिम दुई कारोबार दिनले बियरिश इन्गल्फिङ्ग प्याटर्न बनाएको छ। यसले यस साताका केही कारोबार दिनहरुमा बिक्रीकर्ता हाबी हुनसक्ने संकेत गर्दछ।

गत साता १५८९.६४ विन्दुमा बन्द भएको नेप्से यस साता उकालो लागेमा १६४० मा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, यस साता बजार ओरालो लागेमा भने १५२० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। अघिल्लो साताको तुलनामा गत साता भोल्यूम साढे ११ प्रतिशत बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, पछिल्लो २० दिनको नेप्सेको औषत भोल्यूम २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अहिले एक्सट्रीम ग्रीड जोनमा पुग्न लागेको देखिन्छ। एक्सट्रीम ग्रीड जोनको लेभलमा पुगेपछि बजार प्रायः रिभर्स हुने भएकोले आगामी दिनको विचार गरेर लगानी गर्नुपर्ने देखिन्छ।

हाइड्रोपावर उपसमूह

गत साता हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक साढे ८ प्रतिशत बढेको थियो। गत साताको अन्तिम कारोबार दिन १४०२.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता उकालो लागे १५००मा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागे १३०० विन्दुमा टेवा पाउने देखिन्छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।