गत साताको अन्तिम कारोबार दिन सामान्य करेक्सन देखिएको बजारमा यस साता के होला?

Jan 31, 2021 08:23 AM Merolagani



गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य करेक्सन देखिएको थियो। सो दिन नेप्से १६.५५ अंक घटेर २४२५.२९ विन्दुमा बन्द भएको थियो। बिक्रीकर्ताहरु सक्रिय भएका कारण सो दिन बजारमा करेक्सन भएको थियो।

यद्यपि, समग्रमा सो साता नेप्से परिसूचक अघिल्लो साताको तुलनामा ५०.६५ अंक अर्थात २.१३ प्रतिशत माथि नै रह्यो। साताभरीको कारोबार हेर्ने हो भने गत साता नेप्से २४०० देखि २४६५ रेञ्जका बीच कारोबार भएको देखियो। जुन तत् समयको टेवा र प्रतिरोध विन्दु पनि हुन्। यसले साताभर लगानीकर्ताहरु अन्योलमा रहेको देखाउँछ।

यस साता नेप्से परिसूचक उकालो लागेमा २५२० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २२८० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी अघिल्लो साता झै कायम नै रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम अझै बलियो नै रहेको संकेत गर्दछ।
नेप्सेको १४ दिने आरएसआई अझै ओभरबट जोन (७७.१६ स्केल) मा नै रहेको छ।

गत साता नेप्सेसँगै भोल्यूम पनि बढी रहेको छ। सो साता नेप्सेमा दैनिक औषतमा ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम ६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। जुन गत साताको दैनिक औषत भोल्यूमको तुलनामा ३२.४८ प्रतिशत बढी हो।

गत साता फियर एण्ड ग्रीड मिटरमा नेप्से अझै पनि एक्सट्रीम ग्रीड जोनमा नै रहेको छ। यद्यपि अघिल्लो साताको तुलनामा भने यो केही तल झरेको छ। अघिल्लो साता नेप्से १०० स्केलमा थियो भने यस साता ९७.४८ स्केलमा झरेको छ।

निर्जीवन बीमा उपसमूह

साताको अन्तिम दिन नेप्सेले करेक्सनको सामना गर्दा तीन उपसमूहका परिसूचक मात्र बढेका थिए। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत बढेको थियो। समग्रमा गत साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९.४० प्रतिशत अर्थात १ हजार ७९.८५ अंक बढेर १२ हजार ५६२.१६ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १३ हजार ५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ११ हजार ५०० विन्दुमा टेवा पाउने देखिन्छ।
पछिल्ला समय यस उपसमूहको ५ दिने र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। जसले बजारमा यस उपसमूहको बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप विश्लेषण गर्नु जरुरी छ।)




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।