सोल्टी होटलको बोनस डिम्याट खातामा

Aug 10, 2020 07:23 AM Merolagani



सोल्टी होटल लिमिटेड (SHL) ले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुनु अघिसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो।

२०७६ पुस २४ गते सम्पन्न कम्पनीको ४५ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले २०७६, मंसिर २४ गते बुकक्लोज गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।