गरिमा विकास बैंक लिमिटेडको कम्पनी विश्लेषण

Sep 19, 2020 01:50 PM Merolagani

गत सातादेखि लगानीकर्ताहरु विस्तारै विकास बैंक उपसमूहतर्फ आकर्षित भएको देखिन्छ। सोही उपसमूह अन्तर्गतको एक बैंक, गरिमा विकास बैंक (GBBL) को कम्पनी विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।

गत साताको अन्तिम कारोबार दिन अर्थात असोज १ गते गरिमा विकास बैंकको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। सो दिन बैंकको शेयरमूल्य बढपनि सो वृद्धिलाई कायम गर्न नसकेको संकेत गर्दछ। बैंकको शेयरमूल्य उच्च बढेसँगै बिक्री चाप बढेपछि अन्तिम समयमा बैंकको शेयरमूल्य केही ओरालो लागेको हो।

सो दिन बैंकको शेयर २३८ रुपैयाँमा पहिलो कारोबार भएको थियो भने २४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो दिन बैंकको उच्च मूल्य २५९ रुपैयाँ र न्यून मूल्य २३७ रुपैयाँ थियो।

बैंकको ५ दिने इएमएले २० दिने इएमएलाई छोएर गत भदौ ३१ गतेका दिन उकालो लागेको छ। यी दुई इएमए बीचको बढ्दो दूरीले बजारमा बैंकको शेयर खरिदचाप बढेको संकेत गर्दछ।

आगामी साता बैंकको शेयरमूल्य उकालो लागे २६० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २३० रुपैयाँमा टेवा पाउने देखिन्छ।

शेयरमूल्यसँगै पछिल्लो समय बैंकको औषत कारोबार पनि बढेको छ। गत साता बैंकको दैनिक औषतमा ३१ हजार ६२५ कित्ता शेयर कारोबार भएको थियो। यो अघिल्लो साताको तुलनामा ३३.४२ प्रतिशत बढी हो। बैंकको पछिल्लो २० दिनको औषत भोल्यूम २३ हजार ७०४ कित्ता रहेको छ।

गत आवको चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ९३ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो। ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ७ करोड ३४ लाख ९७ हजार रुपैयाँ सञ्चित छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६५ पैसा कायम भएको छ। असोज १ गतेको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात १४.७७ गुणा कायम भएको छ। बैंकको बुक भ्यालु १३३ रुपैयाँ १५ पैसा छ भने आरओई १२.५१ प्रतिशत छ।

प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा पछिल्लो समय बैंकको शेयर बुलिस ट्रेण्डमा देखिन्छ।
हाल नेप्सेमा बैंकको ३ करोड २३ लाख ८६ हजार ८९४ कित्ता शेयर सूचीकृत छ। असोज १ गतेको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ७ अर्ब ९६ करोड ७१ लाख ७५ हजार ९९७ रुपैयाँ छ। बैंकको शेयरमूल्यको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २८९ रुपैयाँ रहेको छ भने न्यून मूल्य १८७ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंकले अहिले न्यूट्रल जोनबाट ग्रीड जोनमा जान लागेको देखिन्छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्ने अपेक्षाले खरिद गरिरहेको संकेत गर्दछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।