गत साता करेक्सन भएको बजारमा यस साता के होला?

Feb 28, 2021 07:58 AM Merolagani



गत साता नेप्से परिसूचकमा करेक्सन भएको थियो। अघिल्लो सातासम्म बढीरहेको नेप्से गत साता ३ कारोबार दिन घटेको थियो।

समग्रमा नेप्से गत साता ८२.५४ अंक अर्थात ३.१३ प्रतिशत घटेर २५५४.१४ विन्दुमा झरेको छ। यस अनुसार यस साता नेप्से उकालो लागेमा २६८० विन्दुमा प्रतिरोधको समाना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २४४० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

गत साता नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेमा रातो मारुबोजु मैनबत्ती नै बनेको थियो। यसले बजारमा गत साता बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

सूचकसँगै गत साता भोल्यूममा पनि कमी आएको देखिन्छ। गत साता दैनिक औषतमा ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यससँगै नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम ८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको औषत भोल्यूम ९.०१ प्रतिशत कम हो।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अझै एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यद्यपि यो अघिल्लो साताको तुलनामा केही घटेको छ। अघिल्लो साता १०० स्केलमा रहेको नेप्से, गत साता ९०.९४ स्केलमा झरेको छ।

म्युचुअल फण्ड

गत साता नेप्से परिसूचक ओरालो लागेपनि म्युचुअल फण्ड र जलविद्युत उपसमूहको परिसूचक उकालो लागेको थियो। सोमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.८० प्रतिशत बढेको थियो।

अघिल्लो साताको अन्त्यमा १२.७५ विन्दुमा रहेको म्युचुअल फण्ड उपसमूहको परिसूचक गत साता ०.७४ अंक बढेर १३.४९ विन्दुमा पुगेको हो। यस अनुसार यस साता सो परिसूचक उकालो लागेमा १४ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १३ विन्दुमा टेवा पाउने देखिन्छ।

पछिल्ला दिनहरुमा यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।