कृषि विकास बैंकको बोनस शेयर हितग्राही खातामा

Mar 09, 2021 08:39 AM Merolagani

कृषि विकास बैंक लिमिटेड (ADBL) ले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ।

बैंकले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गरएका शेयरधनीहरुको खातामा सो दरमा शेयर जम्मा गरेको हो। सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा पनि सो बानेस शेयर हिग्राही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ। सोही कारण हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

पुस २९ गते सम्पन्न बैंकको १४ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।