गत साता एक प्रतिशत बढेको बजार, यस साता के होला?

May 09, 2021 07:58 AM Merolagani



गत साता नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन २६११.१० विन्दुमा बन्द भएको नेप्से, गत साता २६.०३ अंक बढेर २६३७.१३ विन्दुमा पुगेको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २७२० विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा २५६० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साताको पहिलो कारोबार दिन नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको थियो। यद्यपि, यी दुई इएमए बीचको दूरी खासै फराकिलो हुन सकेको छैन। ५ दिने इएमए माथि हुनुले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गरेतापनि दूरी साँघुरो भएका कारण मोमेन्टम त्यति बलियो भइनसकेको बुझिन्छ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि सामान्य सुधार भएको छ। गत साता दैनिक औषतमा ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ५६ करोड पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३.४८ प्रतिशत बढी हो।

लघुवित्त उपसमूह

गत साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता ५२१८.५२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ५४६२.५० विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता लघुवित्त उपसमूहको परिसूचक उकालो लागेमा ६००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ५००० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। यसले लघुवित्तमा बाइङ्ग मोमेन्टम बलियो भएको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।