नेशनल माइक्रोफाइनान्सको बोनस शेयर डिम्याट खातामा

Jul 13, 2021 09:31 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा २१ प्रतिशत बोनस शेयर जम्मा गरेको छ।

लघुवित्तले २०७७ फागुन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो दरमा बोनस शेयर जम्मा गरेको हो। सो अवधिसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ।

२०७७ चैत ५ गते सम्पन्न लघुवित्तको सातौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।