प्रभु इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा

Jul 19, 2021 09:25 AM Merolagani



प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले १० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ।

इन्स्योरेन्सले गत जेठ ६ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर खातामा जम्मा गरेको हो। सो शेयर नेप्से र सिडिएससीमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको इन्स्योरेन्सले जनाएको छ।

इन्स्योरेन्सले बैशाख २५ गतेसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन इन्स्योरेन्सले अनुरोध गरेको छ।

इन्स्योरेन्सको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।