अपर हेवाखोलाले कमायो साढे ३ करोड नाफा, ईपीएस कति?

Nov 15, 2022 12:01 PM Merolagani



अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

सो अवधिसम्ममा कम्पनीले ३ करोड ६८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २४ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल नाफा ७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ७ करोड १५ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ११.९१ गुणा रहेको छ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।