तारागाउँ रिजेन्सी होटलको कम्पनी विश्लेषण

Mar 11, 2023 06:25 PM Merolagani

यस साता १२ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये २ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेका छन्। यस साता होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेका हुन्।

यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९८ प्रतिशत बढेको छ। गत साता ३१००.०९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३०.२५ अंक बढेर ३१३०.३४ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो, तारागाउँ रिजेन्सी होटल (TRH)।

यस साता तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य १८ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४६० रुपैयाँमा अन्तिम कारोबार भएको यस होटलको शेयर, यस साता बढेर ४७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

‘पर्ख र हेर’ को अवस्था

यस साता होटलको शेयर ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। साताको पहिलो कारोबार दिन होटलको शेयरमूल्य टेवा क्षेत्र नजिक पुगेको थियो। सोपश्चातका दुई कारोबार दिन होटलको शेयरमूल्य बढेको थियो।

आगामी साता होटलको शेयरमूल्य बढेमा ४९० देखि ५०५ रुपैयाँको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ४३० देखि ४४० को क्षेत्रमा टेवा पाउने देखिन्छ। होटलको शेयरमूल्य ४३० रुपैयाँभन्दा तल झरेमा लगानीकर्ताहरुले स्टप लस रणनीति अपनाउन सक्नेछन्।

खरिदकर्ताको चाप

साताको अन्तिम कारोबार दिन होटलको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती नै बनाएको छ। यसले यस साता कम्पनीको शेयरमा बिक्रीकर्ताभन्दा खरिदकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता ३ कारोबार दिनमध्ये २ कारोबार दिन २० दिने औषत भोल्यूमभन्दा कम कारोबार भएको छ भने एक कारोबार दिन सोभन्दा बढी कारोबार भएको छ। यस साता दैनिक औषतमा १७ हजार ५३९ कित्ता शेयर खरिदबिक्री भएको छ। होटलको २० दिने औषत भोल्यूम ३१ हजार १९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४३.४५ प्रतिशत कम हो।

नकारात्मक क्षेत्रमा हिस्टोग्राम

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, हिस्टोग्रामको लम्बाई भने घट्दै गएको छ। यस साता होटलको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। तर, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी घटेको छ। आगामी साता एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले होटलको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

स्टकास्टिक आरएसआईमा होटलको शेयर अहिले न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ। आगामी साता होटलको शेयरमूल्य ओरालो लागेमा न्यूट्रल जोनबाट ओभरसोल्ड जोनमा जानेछ। यसले बजारमा बिक्रीचाप बढेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा होटलले १० करोड ६१ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले १२ लाख ५९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ३ करोड ४ लाख रुपैयाँबाट बढेर १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल आम्दानी २६ करोड ४७ लाख रुपैयाँबाट घटेर ७ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ५४ करोड १ लाख ३८ हजार रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको बुकभ्यालु १२८ रुपैयाँ ६३ पैसा रहेको छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको मूल्य आम्दानी अनुपात ४२.४९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु ३.७२ गुणा रहेको छ।

प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा होटलको शेयरमूल्य बुलिश देखिएको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा होटलको १ करोड ८८ लाख ६६ हजार ५४० कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको कुल बजार पूँजीकरण ९ अर्ब १ करोड ८२ लाख ६ हजार १२० रुपैयाँ रहेको छ।

होटलको १८० दिने औषत मूल्य ३८६ रुपैयाँ १ पैसा रहेको छ। त्यसैगरी, होटलको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५०७ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३०२ रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ५८ ले होटलको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता होटलको १४ हजार १७० कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर २१ ले ११ हजारभन्दा बढी होटलको शेयर खरिद गरेको छ।

त्यस्तै, ब्रोकर नम्बर ३३ ले होटलको सबैभन्दा बढी २० हजार २५५ कित्ता शेयर बिक्री गरेको छ। सर्वाधिक शेयर खरिद गरेको ५८ ले यस साता होटलको ५ हजार ४७१ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने लोभ

फियर एण्ड ग्रीड मिटरका होटलको मूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले होटलको शेयरमूल्य बढ्छ भन्ने लोभमा शेयरधनीहरुले शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।