सप्लाई जोन नजिक सिद्धार्थ बैंक, हेरौँ कम्पनी विश्लेषण

May 27, 2023 06:22 PM Merolagani

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक १.९५ प्रतिशत बढेको छ। गत साता १२२२.३९ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक, यस साता २३.८७ अंक बढेर १२४६.२६ विन्दुमा झरेको छ।

यसै उपसमूहअन्तर्गतको एक कम्पनी हो सिद्धार्थ बैंक (SBL)।

यस साता बैंकको शेयरमूल्य ५ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन २५० रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साताको बिहीबार २५५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

सप्लाई जोन नजिक

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य सप्लाइ जोन नजिक बन्द भएको छ। हालको लागि बैंकको सप्लाई जोन २६० देखि २६५ सम्म रहेको छ। आगामी साता सो प्रतिरोध क्षेत्र तोडर उकालो लागेमा भने बैंकको शेयरमूल्यले २८० देखि २८५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। आगामी साता बैंकको शेयरमूल्य ओरालो लागेमा भने २४० देखि २४५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बैंकको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन लामो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिभर बैंकको शेयरमूल्य घटेपनि अन्तिम समयमा बढेर बन्द भएको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता बैंकको भोल्यम पनि बलियो रहेको छ। यस साता बैंकको दैनिक औषत भोल्युम २९ हजार ३१२ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूम भने २० हजार ७३१ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४१.३९ प्रतिशत बढी हो। गत साताका चारै कारोबार दिन २० दिने औषत भोल्यूमभन्दा बढी कारोबार भएको थियो

सकारात्मक क्षेत्र तर्फ जाँदै

पछिल्लो समय बैंकको एमएसिडी रेखा र सिग्नल रेखा दुबै सकारात्मक क्षेत्रतर्फ गइरहेको छ। बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यसले कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दै गइरहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.८१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा २९.२२ प्रतिशत घट्न पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ८ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा ८ अर्ब ९१ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप १०.९७ प्रतिशत बढेको छ भने कर्जा १.६३ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ १० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको बुकभ्यालु १६३ रुपैयाँ २९ पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको पीई रेशियो १८.१५ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.५७ गुणा रहेको छ। त्यसैगरी, बैंकको आरओई ८.६४ प्रतिशत रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको १४ करोड ८ लाख ९९ हजार ८०१.९० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य २७९ रुपैयाँ ३६ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ३९३ रुपैयाँ ७० पैसा रहेको छ भने न्यून मूल्य २४१ रुपैयाँ ६० पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ३६ अर्ब ५ करोड ६२ लाख ५९ हजार ३०६ रुपैयाँ २१ पैसा रहेको छ।

ब्रोकर नम्बर ७ बाट सर्वाधिक खरिद

फ्लोरसिट विश्लेषण गर्दा यस साता ब्रोकर नम्बर ७ ले बैंकको सर्वाधिक शेयर खरिद गरेको छ भने सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर १३ नम्बर रहेको छ। ब्रोकर नम्बर ७ ले यस साता बैंकको साढे १४ हजार कित्ताभन्दा बढी शेयर खरिद गरेको छ। ब्रोकर नम्बर १३ ले भने यस साता बैंकको १५ हजार कित्ताभन्दा बढी शेयर बिक्री गरेको छ।

फियर जोनबाट माथि लाग्दै

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले फियर जोनबाट न्यूट्रल जोनतर्फ गइरहेको देखिन्छ। यसले लगानीकर्ताहरुमाझ बैंकको शेयरमूल्य घट्छ भन्ने डर कम हुन थालेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।