विद्युत उत्पादन नभएपछि बरुण हाइड्रोपावर नोक्सानीमा

Nov 08, 2023 06:42 AM Merolagani

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्म कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी नभएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गते गएको बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ।

५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुर्पयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ४८ लाख ९२ हजार ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा रहेको छ।

comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।